सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : प्रधानमन्त्री दाहाल

Share this news:

माघ १५, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को सोमबार अवलोकनपश्चात स्थानीय व्यवसायीसँग अन्तरक्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने विश्वास दिलाए ।

‘निजी क्षेत्रलाई संलग्न नगराइ सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,’ उनले भने, ‘रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।’

सेजले उत्पादन र निर्यात प्रवद्र्धनमा सहयोग पु¥याइ देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *