विकासका लागि प्राविधिक जनशक्ति आवश्यक : डा. शेखर कोइराला

Sharing is caring!

माघ १५, २०८० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन् । शब्द रटानले मात्रै देश नबन्ने भन्दै उनले विकासका लागि प्राविधिक जनशक्ति आवश्यकता रहेको बताए ।

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २२औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

कृषि, पशुपालन, पर्यटन, स्वास्थ्यका क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्ने उनले बताए ।

‘अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै न व्यक्तिको जीवन चल्छ न देश उन्नतिको बाटोमा जान्छ, जबसम्म राज्यले युवालाई व्यावसायिक शिक्षा दिन सक्दैन र उध्यमशिल बनाउन सक्दैन तवसम्म देश समृद्धिको बाटोमा जान सक्दैन’ उनले भने ।

अन्तर्राष्ट्रिय वजारमा बिक्ने व्यावसायिक र प्राविधिक जनशक्ति तयार गर्ने कुरामा राज्य चुकिरहेको कोइरालाले बताए ।

राम्रो प्राविधिक जनशक्ति तयार गर्दा बैदेशिक रोजगारीमा जानेले पनि राम्रो काम पाउने र स्वदेशमै बस्नेले पनि राम्रो आय आर्जन गर्न सक्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *