प्रधानमन्त्री दाहालले भेटे अमेरिकी राष्ट्रपति

Sharing is caring!

असोज ५, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८ औं महासभामा भाग लिने क्रममा उनले राष्ट्रपति बाइडेन र श्रीमती बाइडेनलाई भेट भएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्ड छोरी गंगा दाहाल पनि देखिकी छिन् । प्रधानमन्त्री प्रचण्डले अमेरिकामा आफूलाई न्यायो स्वागत गरेको भन्दै राष्ट्रपति बाइडेनलाई धन्यवादसमेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यायो स्वागत र तथा अतिथ्यताका लागि हार्दिक आभार तथा तन्यवाद ।’

प्रधानमन्त्री दाहाल आजै चीन प्रस्थान गरेका छन् । उनी यही असोज ६ गतेदेखि १३ गतेसम्म चीनको भ्रमणमा रहने छन् । चीनमा रहँदा उनले राष्ट्रपति सि चिनफिङसहित चिनीयाँ समकक्षी एवं उच्चअधिकारीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघको महासभामा भाग लिन उनी गत भदौ ३० गते न्यूयोर्कतर्फ प्रस्थान गरेका थिए । प्रचण्ड चीनको भ्रमण सकेर यही असोज १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *