चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक : स्वास्थ्यमन्त्री बस्नेत

Sharing is caring!

असोज ५, २०८० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनले कमिकमजोरीलाई हटाएर स्वास्थ्यकर्मी देशमा उत्पादन गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ, राम्रा कुराहरुलाई लिएर अगाडि बढौं । कमजोरीलाई हटाउन सुरु गरौं । स्वास्थ्यकर्मी देशमा उत्पादन गरौं ।’

उनले देशमा शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो भन्ने बाहानामा युवा विदेशीने गरेको बताउँदै निश्चित मानिसको उद्देश्य पूरा गर्न राज्यलाई कमजोर देखाईएको दाबी गरे ।

उनले भने, ‘देशमा शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो भन्ने हाम्रा युवाहरू विदेसिरहने, निश्चित मानिसको उद्देश्य पूरा गर्न राज्य कमजोर देखियो भन्ने अवस्था आउनु हुन्न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *