वीरगंजमा अनिश्चितकालीन कर्फ्यु

Sharing is caring!

फागुन ७, २०८० । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । गत बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा मूर्ति विसर्जनका विषयमा भएको झडपको घटनालाई लिएर शनिबार वीरगंजमा प्रदर्शन भएको थियो ।

उक्त विरोध जुलुसका क्रममा झडपको स्थिति आएको भन्दै शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।

वीरगंज महानगरपालिकाको पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र) तोकेर कफ्र्यु प्रमुख जिल्ला अधिकारी दीनेशसागर भुसालले कर्फ्यु आदेश जारी गरेका हुन् ।

उक्त क्षेत्र भित्र आवतजावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ¥याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाइने प्रशासनको सूचनामा छ । अर्को आदेश नभए सम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *