एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्दै

Sharing is caring!

वैशाख ८, २०८१ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आजबाट हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा भोलि (आइतबार) सम्म चल्ने उक्त बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी हुनेछन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। यस्तै अन्य विभिन्न आयोगका प्रतिवेदन पनि प्रस्तुत हुनेछन् । केन्द्रीय लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोगले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

आयोगका प्रतिदनबाहेक एमालेले पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको समीक्षा गर्ने, मिसन ग्रासरुट, मंसिरमा गरेको झुलाघाट चिवाभञ्याङ संकल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्नेछ ।

एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसर पारेर वैशाख १० गते हीरक महोत्सव मनाउन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *