१ लाख रुपैयाँ घुससहित पक्राउ

Sharing is caring!

माघ १, २०७५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिष्ट्रार गीता कुमारी पन्थीलाई पक्राउ गरेको छ ।

पन्थीले सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुस छोरीलाई राख्न दिएको अवस्थामा अख्तियारले छोरी पोषण पन्थीलाई पक्राउ गरेको आयोगले जनाएको छ ।

मंगलबार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको स्कुलको बाँकी रहेको कर तिर्न गएका सेवाग्राहीसँग पन्थीले एक लाख घुस मागेकी थिइन् ।  उनले घुस मागेको भन्ने सूचना पाएपछि अख्तियारले टोली खटाएको थियो ।

घटनाबारे थप अनुसन्धान भैइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *