हावाहुरीले प्रदेश २ मा तीनको मृत्यु : कराडौंको क्षति

Sharing is caring!

वैशाख २७, २०७५ । बुधबार बिहान आएको तीब्र गतिको हावाहुरीले सिरहा, महोत्तरी र धनुषा गरी तीन जनाको मृत्यु भएको छ । हावाहुरीले घर भत्काउँदा, विजुली पोल ढाल्दा, आँपको चिचिला झर्दा प्रदेश २ मा  करोडौं क्षति  भएको छ । हावाहुरीले घर भत्काउँदा च्यापिएर सिरहा मिर्चैया नपा १० का ७० वर्षीया सगुनी महतोको मृत्यु भएको हो ।

बिहान करिब साढे ३ बजे आएको तीब्र गतिको हावाहुरीले घर भत्काउँदा सुतिरहेकी सगुनीको मृत्यु भएको सिरहा प्रहरीले जनाए । हावाहुरीले पिलर भाँचिएर सुखीपुर नपा ९ का अशोक गुप्ताको घर बनाउन लागेका मिस्त्री सप्तरी रुपनगरका २६ वर्षीय श्रीप्रसाद सरदार गम्भिर घाइते भएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दाउराका लागि जंगल जाने क्रममा हावाहुरीले ढालेको रुखको हाँगाले गम्भिर चोट लाग्दा गौशाला नपा १२ की ३५ वर्षीया फूलवदन देवी महराको मृत्यु भएको छ । त्यस्तै धनुषा क्षिरेश्वरनाथ नपा ५ का करिब ५५  वर्षीया दुःखी दासको घर भत्किँदा च्यापिएर मृत्यु भएको हो । दास घरमा सुतिरहेकै बेला हावाहुरीले घर भत्काएको प्रहरीले जनाएको छ ।

हावाहुरीले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायत प्रदेश २ का सबै जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । हावाहुरीले ठाउँ ठाउँमा विजुलीको पोल ढालेको छ । पोल ढाल्दा विजुली बिहानैबाट प्रदेश २ का अधिकांश जिल्लामा अवरुद्ध छ । जनकपुरधाममा पनि बुधबार बिहान ३ बजेदेखि करिब १५ घण्टा अवरुद्ध भयो ।

विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले ठाउँ ठाउँमा हावाहुरीले पोल ढाल्दा विजुली अवरुद्ध बनेको बताए । ढल्केबर प्रशारण केन्द्रबाट मजुलेयासम्ममै खराबी देखिएकोले जनकपुरमा धेरैबेरसम्म विद्युत अवरुद्ध भएको उनले सुनाए । भने, ‘जनकपुरमा विजुली आयो । तर गाउँघरमा अझै विजुली सुचारु हुन सकेका छैन् ।’ उनले हावाहुरीले ढालेको पोल मर्मत गर्न प्राविधिकहरु खटिसकेको बताए  ।

हावाहुरीले प्रदेश २ मा हजारौं घरको छाना उडाएर करोडकौंको क्षति पुर्‍याएको छ । सिरहा सुखिपुर ६ का रामचन्द्र यादबले यहाँका करिब १५ जनाको फुसको घर हावाहुरीले भत्काएपछि करिब करोडौंको क्षति भएको बताए । उनले भने, ‘घर भत्काएपछि बस्न र खान पनि समस्या भएको छ । तर कसैले अहिलेसम्म सहयोग गर्न आएका छैन् ।’यो खबर आजको अन्नपुर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *