धुलाेभित्र निसास्सिएको राजधानी

Sharing is caring!

वैशाख २७, २०७५  । राजधानी भित्रिने मुख्य नाका त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक विस्तारको काममा भएको ढिला सुस्तीले जनताले निकै सास्ती खेप्नु परेको छ । चारवटा खण्डमा विभाजन गरिएको यस सडकमा १२ वटा निर्माण कम्पनीले ०७२ देखि काम गरिरहेका छन् ।

सबै खण्डको काम सम्पन्न हुनुपर्ने म्याद नै सकिसकेको छ । तर, अहिलेसम्मको प्रगति ३५ देखि ५० प्रतिशत मात्र छ । सडकको कुल लम्बाइ १२ दशमलव ४८० किलोमिटर रहेको छ । समयमा सडक निर्माण कार्य सम्पन्न हुन नसक्दा भोग्नु परेको सास्तीले जनता आजित छन् ।

घाम लाग्दा धुलोले सवारी साधन नै नदेखिने अवस्था रहेको छ । यो खबर आजको नयाँ पत्रिकाका ज्ञानेन्द्र कार्कीले लेखेका छन्  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *