स्पेन विश्वकप फाइनलमा, आज अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुदै

Sharing is caring!

साउन ३१, २०८० । फिफा महिला विश्वकप फुटबलको फाइनलमा स्पेन प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोल अन्तररले हराउँदै विश्वकपको फाइनलमा स्थान बनायो ।

यो सँगै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीबाट अन्तिम नौ मिनेटमा तीन गोल बनाउन सम्भव भएको थियो । स्पेनको जितमा सल्मा पारालुयलो र ओल्गा कार्मोनाले गोल गर्दा नतिजा स्पेनको पक्षमा भयो ।

स्विडेनका लागि रेबिका ब्लोमक्विस्टले सान्त्वना गोल गर्दा ८१ औँ मिनेटमा पारालुयलोले गोल फर्काउँदै स्पेनलाइ अग्रता दिलाइन् । तर, खेलको ८८औँ मिनेटमा ब्लोमक्विस्टले गोल गर्दै खेललाई बराबरीमा पु¥याउँदा ९०औँ मिनेटमा कार्मोनाले गरेको गोलले नै स्पेनको फाइनल प्रवेशको यात्रा पक्का गर्‍यो ।

यसैबीच सेमिफाइनलको अर्को खेलमा आज आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । अब फाइनलमा स्पेनले आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेता टोलीसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *