टी-ट्वान्टीमा नेपालको ऐतिहासिक सफलता

Sharing is caring!

माघ २०, २०७५ । नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २-१ को जितले ऐतिहासिक सफलता हात पारेको छ ।  वर्षाको कारणले  १० ओभरमा छोट्याइएको खेलमा नेपालले युएईलाई  दिएको १०५ रनको लक्ष्य दिएको थियो । युएईले  निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो ।

युएईलाई सस्तैमा समेट्न नेपालका करण केसी, अविनास बोहोरा र ललितसिंह राजवंशीले २-२ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए। यो सँगै नेपालले पहिलोपटक टि ट्वान्टी सिरिजमा समेत आफ्नो कब्जा जमाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *