पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

Sharing is caring!

माघ १९, २०७५ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने छ ।

मूल्य वृद्धिपछि पेट्राेल ११० र डिजेल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन(आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको हो ।  नयाँ मूल्य सूची नआउन्जेलसम्म निगमले १५ दिनमा १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरिएको छ ।

निगमले शुक्रबार भारतीय आयल कर्पोरेशन(आइओसी)बाट पेट्रोल २.२५ रुपैयाँ र डिजेल ४.२८ रुपैयाँ बढेर आएकाले नेपाली बजारमा प्रतिलिटर २/२ रुपैयाँका दरले बढाएको विज्ञप्तिमार्फत जनाएको छ । निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *