सी जीनपिङ विश्वकै शक्तिशाली

Sharing is caring!

वैशाख २८, २०७५ । विश्व प्रख्यात अमेरिकी पत्रिका फोब्र्स यो वर्षको विश्वकै शक्तिशाली मानिसको सूची सार्वजनिक गरेको छ । सूचीको पहिलो स्थानमा चिनियाँ राष्ट्रपति सी जीनपिङ परेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोस्रो स्थानमा धकेल्दै उनी विश्वकै शक्तिशाली व्यक्ति भएकमा हुन् । मोदीको नोटबन्दीको निर्णयलाइ भष्टाचार निर्मुल पार्ने कदमको रुपमा हेर्दै उनलाई विश्वकै नवौ शक्तिशाली व्यक्तिको रुपमा फोब्र्सले हेरेको छ ।

विश्वभरी गरेर साढे ७ अर्ब मानिसको बसोबास रहदै आएको छ । तर यो मध्ये ७५ पुरुष र महिला विश्व बदल्न आफ्नो यो्गदान गरेको फोब्र्सले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने विश्वकै तेस्रो शक्तिशाली व्यक्ति भएका छन् । चौथो स्थानम रहेकी एंगेला मर्केल विश्वकै शक्तिशाली महिला भएकि छन् । पाँचौ स्थानमा विश्वकै धनी व्यक्ति जेफ बेजोस रहेका छन् ।

विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको सूचीमा परेमा मोदीपछिका भारतीय व्यक्ति ३२ औ नम्बरमा परेका छन् । फोब्र्सको सूचीमा परेका अर्का व्यक्ति मुकेश अम्बानी हुन् । उनको कुल सम्पत्ति ४१.२ अर्ब डलर रहेको छ ।
अम्बानीको २०१६ मा लन्च भएको जियो फोर जी सेवाले देशको दुरसञ्चार बजारमा मूल्यको युद्धनै छेडेको फोब्र्सले जनाएको छ । माइक्रोसफ्टका सीईओ भारतीय मुलका सत्या नाडेला सूचीको ४० औैं स्थानमा परेका छन् ।यो खबर आजको कारोबारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *