सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

Sharing is caring!

फागुन २३, २०७५ । राज्य विप्लपको मुद्दा खेपिरहेका सीके राउतलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ ।

राउतलाई गैरकानूनी ढंगले थुनिएको भन्दै परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बिहीबार सर्वोच्च अदालतले तारेखमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालत रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो र उच्च अदालतले त्यसलाई सदर गरेको थियो ।

राउतलाई छाड्न गरिएको आदेशमा किटानी जाहेरी परेपनि प्रतिवादीले अधिकारप्राप्त अधिकारी समक्ष इन्कारी गरेको र निजबाट अपराधसँग सम्वन्धित दशी प्रमाण फेला नपरेको आधार सर्वाेच्चले लिएको छ । राउतलाई गत असोजमा पक्राउ गरेका थिए र हाल उनी सुन्धारा केन्द्रीय कारागारमा छन् ।

सीके राउत

Leave a Reply

Your email address will not be published. Required fields are marked *