प्रधानमन्त्री बादशाह भए: डा. केसी

Sharing is caring!

फागुन २४, २०७५ । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बादशाह’ को संज्ञा दिएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले ओली बादशाह बन्दा देशमा भ्रष्टाचार बढेको बताए ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा नेकपा कार्यकर्ता हाबी भएको र सोही कारण भ्रष्टाचार निवारणमा लाग्नेभन्दा संरक्षणमा सरकार केन्द्रित भएको उनको आरोप छ । ‘दुईतिहाइ बहुमतको सरकारले सस्तो, सुलभ स्वास्थ्य सेवा देशभर पु-याउने काम छाडेर माफियाहरूको स्वार्थमा काम गरेको छ’ केसीले भने । केसीले चिकित्सा शिक्षा विद्येयक संशोधन गर्न पनि माग गरेका छन् । उनले विगतमा भएको सम्झौता कार्यान्वयन नगरे पुनः अनशन थाल्ने चेतावनीसमेत दिएका छन् । तर, केसीले अनशनको समयसीमा भने तोकेका छैनन् ।

केसीले भनेका छन्, ‘अख्तियारजस्तो संवेदनशील निकायमा बसेर वर्षौं संगठित अपराधको गिरोह चलाएका राजनारायण पाठकबारे सरकार मौन छ । निर्मला पन्तको बलात्कार र हत्या भएपछि न्यायका लागि सिंगो देश आन्दोलित हुँदा पनि अहिलेसम्म न दोषीलाई कानुनी दायरामा ल्याइएको छ, न त प्रमाण नष्ट गर्ने र नक्कली अपराधी खडा गर्ने प्रहरीहरूमाथि कुनै कारबाही भएको छ । भ्रष्टहरूलाई उन्मुक्ति र पुरस्कार दिइने यही लुटतन्त्र र दण्डहीनता नै अहिलेको सरकारको कार्यशैली बनेको छ ।’यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *