सिमरामा पूर्वराजा ज्ञानेन्द्र, दुई साता बस्ने

Sharing is caring!

वैशाख ३१, २०७५ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतवार सिमरा आएका छन् । बुद्ध एयरको जहाजबाट पूर्वराजा शाह दिउसो ३ः ३० बजे सिमरा विमानस्थलमा आइपुगेका हुन् ।

दुई हप्ता लामो बसाईका लागि पूर्वराजा शाह सिमरा आएको उनको निजी सचिवालयले जनाएको छ । पूर्वराजाका निजी सचिव सागर तिमिल्सिनाले दुई हप्ताका लागि पूर्वराजा सिमरा आएको जानकारी दिए ।

‘दुई हप्ता सिमरा बस्नु हुनेछ, अन्य कार्यक्रम अहिले तय भएको छैन’ तिमिल्सिनाले भने ‘यहाँ बसेर अरु कार्यक्रम तय हुनेछन, सम्भवतः सोमबारदेखि कार्यक्रम बन्नेछ ।’

पूर्वराजा शाह दुई हप्ता सिमरास्थित प्रभु शम्शेर राणाको निवासमा बस्ने निजी सचिव तिमिल्सिनाले बताए ।

पूर्वराजा शाह बारा, पर्सा र रौतहटका विभिन्न धार्मिकस्थल पुग्ने बताइएको छ । यसअघि पनि धार्मिक भ्रमणका लागि भन्दै पूर्वराजा शाह पटक–पटक सिमरा आउने गरेका थिए । यो खबर आजको अन्नपुर्ण पोस्टमा छापिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *