साढे २ वर्षमा पनि टुंगिएन डाक्टरहरूको शंकास्पद प्रमाणपत्रको अनुसन्धान

Sharing is caring!

असोज १०, २०७५ । डाक्टरहरूको शंकास्पद प्रमाणपत्र छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग उदासीन देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदको संयुक्त टोलीले साढे दुई वर्षअघि शंकास्पद प्रमाणपत्रको प्रारम्भिक छानबिन टुंग्याई थप अनुसन्धानका लागि अख्तियार पठाएको थियो ।

टोलीले ८ सय ९ डाक्टरमाथि अनुसन्धान गरेकामा पहिलो चरणमा १ सय ९ को प्रमाणपत्र नक्कली भएको ‘प्रारम्भिक निष्कर्ष’ निकालेको थियो । तीमध्ये २० जना सार्वजनिक स्वास्थ निकायका डाक्टर हुन् । ‘उजुरी आएको २०७३ वैशाखतिरै हो, सार्वजनिक पदमा बसिसकेका करिब २० डाक्टरको प्रमाणपत्र शंकास्पद छ,’ अख्तियारका एक उच्च अधिकृतले कान्तिपुरसित भने, ‘यस्तो विवाद तत्काल टुंगिनुपर्ने थियो, किन–किन अलमल भएको छ ।’

काउन्सिलका एक पदाधिकारीका अनुसार प्रमाणपत्रमा शंका लागेपछि सम्बन्धित डाक्टरलाई कारबाहीका विषयमा प्रतिवेदनसहित अख्तियारमा पत्राचारसमेत गरिएको थियो ।यो खबर आजको कान्तिपुरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *