विप्लवका प्रवक्ता प्रकाण्ड थुनामुक्त भए

Sharing is caring!

असोज ९, २०७५ । सर्वोच्च अदालतले नेकपा माओवादी विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामुक्त गर्न आदेश दिएको छ । आदेशसँगै उनी रिहा भएका छन् ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई छाड्न आदेश दिएको हो ।

सर्वोच्चले आदेश दिँदा पनि अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रकाण्डलाई थुनामुक्त गर्न दिएको आदेश कार्यान्वयन नभएपछि सर्वाेच्चले भनेको छ, आदेशको सम्मान भएको नदेखिएकाले नेपाल सरकार, गृह मन्त्रालयका सचिवलाई आवश्यक कार्यार्थ यो आदेशको प्रतिलिपी पठाउनू ।

यसपटक भने उनलाई प्रहरीले पुनः पक्राउ गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *