सबै तहका कर्मचारीको राज्य सञ्चालनमा समान दायित्व : मन्त्री शर्मा

Sharing is caring!

साउन ३२, २०८० । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएकी छिन् ।

प्युठानको सदरमुकाम खलंगामा आयोजित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुसँगको भेटघाटमा मन्त्री शर्माले सुशासनको सवालमा एउटा निकायले मात्र राम्रो काम गरेर नहुने भन्दै गम्भीर बन्न सबैलाई निर्देशन दिइन् ।
सुशासन प्रधानमनन्त्री र मुख्यसचिवले कायम गरेर मात्र हुने होइन । मन्त्री र मन्त्रालयका सचिवहरुले मात्र गरेर हुने विषय पनि होइन’ शर्माले भनिन् ‘ती निकायले निर्देशित गर्ने पक्कै हो तर जिल्ला र तलतलसम्म रहेका कार्यान्वायन इकाईले राम्रो काम गरे मात्रै सुशासन संभव हुने हो ।

आम सेवाग्राहीको माथिल्लो तहका पदाधिकारी र कर्मचारीसँग सम्पर्क नहुने भएकाले पनि सबैभन्दा तल्लो तहमा रहेका कर्मचारीले जति राम्रो सेवा प्रवाह गर्छन्, जनताले त्यति नै राम्रो सेवा प्राप्त गर्ने र सुशासन कायम हुने उनको भनाई छ ।
‘तपाइँ राम्रोसँग सेवाग्राहीसँग बोलिदिनुभयो भने मात्रै पनि सेवा प्रवाह प्रभावकारी भएको मानिन्छ । जनताको कामसँग प्रत्यक्ष जोडिने कार्यालयमा सुब्बा, खरिदार, अस्पतालका नर्स आदिले गर्ने काममार्फत सरकारको व्यवहार प्रस्तुत हुने गर्दछ । त्यसैले जनतासँग जोडिएर काम गर्ने कर्मचारीहरुको सेवा प्रवाह र बोलीव्यवहार राम्रो बनाउनुहोला ।’ उनले भनिन् ।

पिँधमा बसेर काम गर्ने कर्मचारीबाट नै सरकारको सफलता असफलता निर्धारण हुने भएकाले सरकारले पनि तल्लो तहका बसेर काम गर्ने कर्मचारीहरुको उच्च मूल्यांकन गर्ने नीति लिएको उनको दाबी छ ।

राजनीतिक र प्रशासनिक नेतृत्वबिचमा राम्रो बुुझाइ र समझदारी आवश्यक रहेको बताएकी उनले नेपालमा सरकारले धेरै गर्न खोजे पनि राजनीतिक र प्रशासनिक नेतृत्वबिच पूर्ण समझदारी नहुँदा अपेक्षित नतिजा प्राप्त हुन नसकेको बताइन्। त्यसका लागि आवश्यक पहल थालिएको उनको दाबी छ ।

उनले भनिन् ‘त्यसका लागि हामीले केन्द्रमा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य सचिव सचिवहरुसम्म दोहोरो संवाद गर्ने सोंच बनाएका छौं, सरकार सञ्चालनका सवालमा हामीबाट कमजोरी भएका छन् भने पनि प्रशासनिक नेतृत्वले भनिदिनुपर्छ र प्रशासनिक नेतृत्वबाट हुने कमजोरी पनि राजनीतिक नेतृत्वले सच्याएर लैजानुपर्छ भन्ने लागेको छ, प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ ।

यसैबीच मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बर्तमान सरकार सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको उल्लेख गर्दै घरभित्रकै मान्छे भए पनि नछाडिने बताइन् । नेपाल पत्रकार महासंघ प्युठान शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकार सुरुदेखि नै बिकृती,बिसंगती अन्त्य र सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यका लागि निर्ममढङ्गले अगाडि बढेको जिकिर गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *