लम्पी स्कीन नियन्त्रणमा आएको कृषिमन्त्री भूसालको दाबी

Sharing is caring!

साउन ३२, २०८० । कृषि तथा पशुपंछी मन्त्री बेदुराम भूषालले पशुमा लाग्ने लम्पी स्कीन रोग निणन्त्रणमा आउन लागेको जिकिर गरेका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसद उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री भूसालले विस्तारै रोग नियन्त्रण हुदै गएको भन्दै संकट टरेको दाबी गरे । यो रोगको असर पछिसम्म नपरोस् भनेर पनि पूर्व तयारी गर्ने बताए ।

उनले भने, अब यो रोगले सङकटमा जाँदैन् । नियन्त्रणमा आईसक्नै लागेको छ। गर्मी लाग्र्दै गर्दा मौसमको कारणले पनि । यसको असर पछि नपरोस् भनेर पनि पूर्व तयारी गर्ने छौं । उनले देशमा पशु सेवा जनशक्ति कम भएको स्वीकार गर्दैै पहिलो पटक एक सय ६१ पालीकामा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको जानकारी दिए ।

उनले भने, हामी तितो सत्यलाई स्वीकार्नु पर्छ । हामीसँग पशु सेवा जनशक्ति कम नै छ । संघीय बजेटमा एक सय ६१ जना माग गरेको छौं । एक सय ६१ पालीकामा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको छु यो पहिलो पटक हो । यस्तो गम्भीर विषयमा हामीसँग बजेट छैन् भनेर मुक्ति नपाउँने भन्दै उनले एक सय ६१ पालीकामा पशु सेवा आधारभूत प्रयोगशाला स्थापना गर्ने गरी निर्णय गरेर बजेट छुट्याएको बताए ।

उनले भने, गाईबस्तु पाल्ने गरिब निमुखाको लागि राज्य नउभिने हो भने । उनिहरुको दिन आउँदैन । क्षतिपूर्ति पनि हुनुपर्छ । हल गोरुकै मृत्यु भयो भने केले खेती गर्ने ? मन्त्रालयले केही गर्न सक्ने कि नसक्ने ? सामथ्र्य छैन भने समितिले के गर्नु पर्ने हो ?हामीसँग बजेट छैन् भनेर मुक्ति चाँहि पाईदैन् ।

पशु चौपायामा देखापरेको लम्पी स्कीनको रोकथामबारे समितिमा भएको छलफलमा अधिकासं सदस्यहरुले रोग रोकथामका लागि सरकारले गरेको प्रयास र क्षतिपूर्तिबारे प्रश्न उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *