फेसबुक ह्याक गरी रकम ठग्ने पाँच जना पक्राउ

Sharing is caring!

साउन ३२, २०८० । अरुको फेसबुक आईडि ह्याक गरी रकम ठगि गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाडौं बस्ने सिमान्त लामा,रोहन तामाङ , अमन्त लामा, अनुप श्रेष्ठर कास्की घर भई हाल काठमाडौं नयाँबसपार्क बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनिहरुले फेसबुक ह्याक गरी बिभिन्न बाहानामा ओटिपी मागी चौध लाख अन्ठाउन्न हजारको कारोवार गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नयाँ बसपार्कबाट, कार्यलायबाट खटिएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिस, टेकु पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *