सत्तारुढ नेकपाले वैधानिकता पायो,कट्टेलको निवेदन खारेज

Sharing is caring!

कात्तिक ९, २०७५ । निर्वाचन आयोगले नामको विवाद टुंग्याउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई नै कायम रहने निर्णय गरेको छ ।

तत्कालिन एमाले र माओवादीको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले उक्त दलले आफ्नो दलको नामसँग जुध्ने गरी नाम राखेकाले नाम खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहालको इजलासले शुक्रबार दुई दलको फरक-फरक अस्तित्व देखिएकाले कट्टेलको निवेदन खारेज गर्ने फैसला गरेको हो ।  फैसला अघि नै आयोगले दुबै नेकपाका प्रतिनिधिसँग गत वुधबार छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *