अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान,अाजै स्वदेश फर्कने

Sharing is caring!

कात्तिक ९, २०७५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा भाग लिन त्यसतर्फ जाने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उनले नेपाल र दक्षिण एसियाको विकासबारे आफूले धारणा राख्ने बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा राख्नुको साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य  दिने कार्यक्रम रहेको छ।

फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुङ्गो लागेको थियो ।

अध्यक्ष प्रचण्डको यसपटक कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ । उहाँ आजै बेलुका स्वदेश फर्कनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *