सत्तापक्ष नै संसद सुचारु गर्न तयार भएन : सचेतक बर्तौला

Sharing is caring!

भदौ ३, २०८० । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संघीय संसदको अवरोध हटाउन कुनै चासो नदिएको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्ष एमालेले सदनमा उठाएका विषयलाई एकपछि अर्को गर्दै पुष्टि गर्ने काम मात्र गरेको आरोप लगाउँदै बर्तौलाले अहिलेकै अवस्थामा आइतबार पनि संसद बैठक सुचारु हुन नसक्ने संकेत गरेका हुन् ।

सरकारले शुक्रबार नक्कली भूटानी शरणार्थी र सुन प्रकरणमा अनुसन्धान गरिरहेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवाले सुन तस्करीमा एमालेको उच्चस्तरीय समिति बनाउनुपर्ने मागलाई पुष्टि गरेको दाबी गरे । प्रहरी अनुसन्धान आफु प्रतिकुल हुन लागेपछि सरकारले अनुसन्धानमा रहेका प्रहरीलाई नै सरुवा गरेको उनको आरोप छ ।

सरकारले हाम्रो मागलाई सम्बोधन गर्न कुनै पहल गरेको छैन् । सुन प्रकरणमा उच्चस्तरीय छानविन समितिको आवश्यकता र हाम्रो मागको औचित्यलाई सरकारले आफूप्र्रतिकूल हुने देखेपछि गरेको प्रहरी अधिकारीको सरुवाले पुष्टि गर्छ,’ उनले भने,‘यसले सरकारले आफुअनुकूल गर्न जे गर्दा पनि हुन्छ भन्ने रवैया र गम्भीर संकेत देखाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारबाट संसद चल्छ भनेर शनिबार बताएका थिए ।तर, एमाले सचेतक बर्तौलाले भने संसद खोल्न प्रधानमन्त्रीबाट कुनै पहल नभएको दाबी गरे ।

उहाँ(प्रधानमन्त्री)ले संसद चल्छ भन्नुभयो,तर अहिले सम्म कुनै छलफलको वातावरण बनाउने प्रयास भएको छैन्, उनले भने, प्रमज्यु संसदमै आएर हाम्रो मागलाई सम्बोधन गर्ने मनस्थितिमा हुनुहुन्छ भने त हामी साथ दिन तयारै छौं, तर अहिलेसम्म कुनै छलफलको वातावरण नबनेकोले हामी आफ्नो मागमै कायम छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *