युवाको काँधमा देशको नेतृत्व गर्ने बेला भैसकेको छ : मन्त्री लिम्बू

Sharing is caring!

साउन २७, २०८० । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देशलाई संमृद्धिको यात्रामा लैजान युवा सक्षम रहेको भन्दै युवाको काँधमा देशको नेतृत्व गर्ने जिम्मेवारी आइसकेको बताएका छन् ।

२४ औँ अन्र्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर शनिबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको अन्र्तराष्ट्रिय युवा दिवस २०८०–मुल समारोहमा मन्त्री लिम्बूले अहिले पुरानो पुस्ताले देशको जिम्मेवारी सम्हालेपनि नयाँ पुस्ता जिम्मेवारी लिन तयार रहेको बताए । उनले मुलुकको नेतृत्व गर्ने जिम्मा युवाको हातमा पुग्ने बेला भैसकेको र त्यसका लागि युवालाई तयार रहन अनुरोध गरे ।

उनले भने, युवा साथीहरु हरेक कुरामा अब्बल हुनुहुन्छ,यो देशलाई हाँक्नको निमित्त यो देशलाई संमृद्धिको बाटोमा लैजानको लागि तयारीका साथ तपाइँहरु अगाडि बढ्नुपर्दछ । अहिले हामीले नेतृत्व गरिरहेका छौं, भोलि नेतृत्व गर्ने तपाइँको हातमा आउने बेला भैसकेको छ ।

त्यस्तै सरकारले गरेको कार्यप्रति अहिले युवाहरु असन्तुष्ट रहेको स्वीकार्दै मन्त्री लिम्बूले यस बारे मन्त्रालय चिन्तित रहेको बताए । उनले आगामी कार्ययोजना र नीति परिमार्जन गर्न युवालाई अनुभवलाई समेटेर सुझाव दिनका लागि आग्रह पनि गरे ।

अहिले जुन रुपमा हामी अगाडि बढीरहेका छौं,युवाहरुलाई चित्त बुझेको छैन । युवाहरुले खोजेको कुरा प्राप्त गर्न सकेको छैन् । तर, के गर्दा त्यो प्राप्त हुनसक्छ कसरी जाने त यो विषयमा मन्त्रालय पनि चिन्तित छ र युवा नीति परिमार्जन गरेर धेरै युवालाई डो¥याउन,धेरैको कुरा सुनेर कार्यक्रम बनाउन र अवसर दिन चाहन्छ । आउनुहोस सबै मिलेर नीति र कार्यक्रम बनाएर अगाडि बढौं, गुरुङले भने ।

त्यस्तै युवा तथा खेलकद मन्त्री लिम्बूले युवालाई सरकारले देश र रोजगारीसँग जोड्नको लागि यो आर्थिक वर्षलाई युवा उद्यमशील वर्षको रुपमा मनाउने घोषणा गरेको उल्लेख गरे । उनले बढीभन्दा बढी आर्थिक उत्पादन वृद्धि गरेर आफ्नै गाउँठाउँमा बसेर रोजगारी गर्ने परिस्थिति निर्माण गर्ने क्रममा सरकार तल्लीन रहेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *