नेपाल हुँदै टनका टन सुन अवैध रुपमा भारत गइरहेको छ : डा.शेखर कोईराला

Sharing is caring!

साउन २७, २०८० । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले नेपाल हुँदै टनका टन सुन भारत गइरहेको आशंका गरेका छन् । शनिबार नेपाली कांग्रेस भक्तपुरद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली बाटो हुँदै ४ देखि ५ सय टन सुन भारत गइरहेको आशंका गरे ।

भारतमा १३ सय देखि १४ सय टन सुन खपत हुने रहेछ त्यसमा भारतले ८ देखि ९ सय टन इम्पोर्ट गर्छ । मैले क्विन्टल र किलोको कुरा गरेको छैन् । उनले भने, ४ सय देखि ५ सय टन सुन अवैध रुपमा भारत गईरहेको छ । नेपालबाटै गएको होला । यो ७ दिनमा कति गयो होला अन्दाज गर्न सक्नुहुन्छ । अहिले पनि गईहरेको छ हामीलाई सूचना मात्र नभएको हो । त्यस्तै प्रधानमन्त्री कार्यालय मातहतमा राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धिकरण विभाग ल्याउनु दुर्भाग्य भएको बताए ।

उनले भने,ओलीजी प्रधानमन्त्री हुँदा खेरी नेपाली कांग्रेसका सभापतिले वक्तव्य नै निकालेका थियौं । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालय अन्र्तगत राख्नु हुन्दैन जुन पहिले जहाँथ्यो त्यही हुनु पठाउनु पर्छ भनेर हामीले सदनमा आवाज पनि उठायौं । ओली जिले सुन्नु भएन् । तर दुर्भाग्य हाम्रो शेरबहादुरजी प्रधानमन्त्री हुनु भयो उहाँले पनि सुन्नु भएन् । आफ्नै मातहतमा राख्नु भयो । र अहिले प्रचण्डजीले पनि हामी बोलिरहेका छौं उहाँले पनि आफ्नै मातहतमा राख्नु भयो ।

सुन प्रकरण सुरु हुने साथै सिआइबीलाई अनसन्धानका लागि दिन आफूहरुले आग्रह गरेको उनको भनाई छ ।
सुन काण्ड हुनु भन्दा ७ दिन पहिले नवराज ढुङगानालाई राजस्व अनुसन्धान विभागमा लगियो । सुन काण्ड भयो । प्रहरीलाई सहभागि गराईएन् । हामीले भनिराख्यौं सिआईबीलाई दिइहालौं भनेर । उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *