आज एकैदिन नेपालमा ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

Sharing is caring!

बैशाख ३०, २०७७ । आज एकैदिन नेपालमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जस  मध्ये नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ त्यसमध्ये ३३ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *