नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो

Sharing is caring!

बैशाख २७, २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितहरुमा कपिलबस्तुका १७, १८ र १८  वर्षका पुरुष  र उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला रहेका छन् ।

त्यस्तै, पर्सा जिल्ला छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *