सप्तरीमा बस दुर्घटना १७ घाइते, ३ जना गम्भीर

Sharing is caring!

भदौ १४, २०७५ ।  सप्तरीमा आज बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ ।

पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *