एन आई सी एशिया र चिरायु हस्पिटलबीच छुट दिने सम्झौता

Sharing is caring!

असार २०, २०७६ । एन आई सी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रा.लि. बसुन्धरा, काठमाडौंबीच छुट दिने सम्झौता भएको छ ।

यस बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

यस बैंकका करिब १६ लाख ग्राहकहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *