शेयर बजार आज पनि ओरालो

Sharing is caring!

भदौ ४, २०७५ । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से शिरसूचक ८.२२ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा ओर्लेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ .७८ बिन्दुले २५०.७५ बिन्दुमा कायम भएको छ ।

आज कूल १६० कम्पनीको छ लाख तीन हजार १०२ कित्ता शेयर रु २२ करोड ६१ लाख ७२ हजार ९३ मूल्यमा खरीद बिक्री भएको छ । त्यस्तै उत्पादन उपसमूहको शेयर उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका छन् । उत्पादन उपसमूहको शेयर ११.१५ बिन्दुले बढ्दा बैङ्किङ ५.४२, होटल ५ दशमलब १७, विकास बैंक १३ दशमलब १२, जलविद्युत् २३ दशमलब ६३, वित्त २ दशमलब ६९, निर्जीवन बीमा ५९ दशमलब ७४, अन्य ४ दशमलब ६८, माइक्रोफाइनान्स ११ दशमलब ६९र जीवन बीमा ७५ दशमलब २ बिन्दुले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *