देउवाविरुद्ध महागठबन्धनको तयारीमा कोइराला परिवार

Sharing is caring!

भदौ ५, २०७५ । कोइराला परिवारबारे मान्छेहरूले अनेक अड्कलबाजी गरिरहेका छन् । हामीबीच समझदारी छैन भन्ने प्रश्न उठाउँदै आइरहेका छन् । यो निरर्थक र निराधार कुरा हो । नेतृत्वको विषयमा हामीबीच समझदारी बनेको छ । हामी उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौँ । नेतृत्वका लागि तीनमध्ये एक अघि बढ्छौँ ।”

पछिल्ला केही महिनायता शशांक, शेखर र सुजाता निरन्तर भेटघाटमा छन् । उनीहरूले सँगै खाना खान भन्दै जुटेर आपसी विश्वास बढाउँदै १४औँ महाधिवेशनको तयारी अघि बढाएका छन् । अझ यो गठबन्धनमा सम्भव भएसम्म सबैलाई समेट्ने र देउवालाई एक्ल्याउने उनीहरूको नीति छ ।

देउवालाई चुनौती, पौडेललाई संकट
कांग्रेसका भ्रातृ संगठनका सबैजसो पछिल्लो अधिवेशनले देउवालाई हतोत्साही बनाएको छ । शिक्षक संघ, ट्रेड युनियन, कानुन व्यवसायीहरूको संस्थाको निर्वाचनमा देउवा पक्षले पराजय भोगेको छ । निर्वाचनमा पराजयको अपजस सबैभन्दा बढी देउवालाई नै छ । तर, आत्मसमीक्षा र कार्यक्रम केही छैनन् । त्यसैले देउवापक्ष स्वतः कमजोर हुँदै छ । त्यसमा पनि प्रकाशमानदेखि सिटौलासम्म र केबी गुरुङदेखि गच्छदारसम्मलाई कोइराला परिवारले समेट्न सके सामना गर्न देउवालाई महाभारत हुनेछ ।

कोइराला परिवारको नयाँ पहलले सबैभन्दा ठूलो चोट रामचन्द्र पौडेललाई पर्दै छ । कोइराला परिवारकै राजनीतिक विरासतलाई सदुपयोग गरेर पार्टी र सरकारको नेतृत्वमा पुग्ने उनको योजना अहिलेसम्म सफल भएको छैन । कोइराला परिवारले बीचबाटोमै साथ छोडेमा पौडेलको यात्रा संकटमा पर्नेछ । उनीप्रति कार्यकर्ताको सद्भाव छ, तर संगठनमा हस्तक्षेप गर्ने प्रभाव छैन । कोइरालाहरूले साँच्चै साथ छाडेमा नेतृत्वका लागि देउवासँग सम्झौता गर्नुको विकल्प उनीसँग छैन । देउवाकै अस्तित्वका लागि यो स्थिति आउन सक्छ ।

अहिले नै नेतृत्वको विषयमा बोल्ने वेला भएको छैन: पौडेल

शशांक कोइरालाको नयाँ घोषणापछि नयाँ पत्रिकालाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘उहाँ (कोइराला)हरूले पार्टी नेतृत्वका विषयमा बोल्नुभएको विषयलाई मैले ‘सिरियस्ली’ लिएको छैन । तर, अहिले नै नेतृत्वको विषयमा बोल्ने वेला भएको छैन । पार्टीको चिन्ता लिन सकिन्छ, तर अहिले त हाम्रो पार्टीको स्थितिलाई सुधार्नुपर्ने चुनौती छ । पार्टीलाई सुधार्न छोडेर सबैले मै मै भन्यो भने पार्टी मजबुत हुँदैन । आफू हुनेबित्तिकै पार्टी राम्रो हुन्छ भन्ने ग्यारेन्टी हुनुप¥यो अन्यथा अहिले पार्टीको स्थितिलाई सुधार्नतिर लाग्नुपर्छ ।’

कोइरालाहरू लगातार भेटेको विषयमा नयाँ पत्रिकाले केही दिनअघि लिएको अन्तर्वार्तामा पनि प्रश्न सोधिएको थियो । जसमा उनको भनाइ थियो, ‘मेरो नेतृत्वलाई चुनौती दिन कोइरालाहरूको मिटिङ भएको होइन । ‘कोइरालाहरू एकले अर्कालाई मान्दैनन्’ भनेर बाहिर हल्ला चलेपछि, आक्षेप लागेपछि ‘हैन है, हामीहरू सँगसँगै छौँ’ भन्नका लागि कहिलेकाहीँ सँगै खाना खान जम्मा हुनुभएको हो । उहाँहरूले मेरो खिलाफ मोर्चाबन्दी गरेको म ठान्दिनँ । उहाँहरू मसँगै हुनुहुन्छ । पार्टीलाई अगाडि लैजाने सवालमा कोइरालाहरू मात्रै होइनन्, हिजो मलाई सहयोग नगरेका साथीहरू पनि अहिले मसँगै हुनुहुन्छ । अर्को समूहसँग उहाँहरूको मोहभंग भएको छ । पार्टीको ठूलो पंक्ति मसँगै छ ।’ यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *