शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय रद्द

Sharing is caring!

चैत्र २७, २०७६ । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा रहेकाहरुलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय रद्द गरेको छ ।

काठमाडौं उपत्यकाका मानिसहरुलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भएपछि तत्काल नपठाउने निर्णय गरिएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसहित गृहमन्त्रीलगायत बिहीबारको छलफलले सो निर्णय गरेको हो ।

यस अघि सरकारले उपत्यकामा काम गर्ने मजदुर तथा बिधार्थीहरूलाई गाउँ जान चाहनेहरुलाई शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर पठाउन सकिने समाचारहरु सार्वजनिक भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *