कोरोना विरुद्धको लडाईमा प्रदेश २ सरकार उदासीन भएको प्रभु साहको आरोप

Sharing is caring!

चैत्र २९, २०७६ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश २ सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।

शनिवार सामाजिक संजाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष साहले प्रदेश सरकारभन्दा पनि स्थानीय सरकार अग्रभागमा रहेको र प्रदेश सरकारले आफ्नो बजेट अन्य तहलाई दिएर पन्छिन खोजेको बताएका हुन् ।

‘महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा प्रदेश २ सरकार पुरै उदासीन देखिएको छ ।

यस महासंकटको घडीमा आफ्नो मातहतको संरचना मार्फत अग्रभागमा रहेर तयारीको काम युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा प्रदेश २ सरकार अनुदान दाताको भूमिकामा मात्र सीमित छ । गाउँपालिका र नगरपालिका तथा संघ मातहतका जिप्रका, प्रहरी, जेल लगायतका निकायलाई आफ्नो बजेट बाँड्ने तर आफु भने केही पनि देखिने काम नगर्ने प्रदेश सरकारको रवैया महाराजा शैलीको देखिन्छ’ अध्यक्ष साहले लेखेका छन् ।

उनी अगाडी लेख्छन्, ‘प्रदेश सरकारले आफु जिम्मा लिएका ५ वटा सुविधा सम्पन्न अस्पताल समेतमा तयारीको कार्य शुन्य बराबर भएको हेर्दा प्रदेश २ सरकार कति गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट हुन्छ ।

भारतसंग रोटीबेटीको परस्पर सम्बन्ध एवं खुल्ला सिमाका कारण पनि अन्य प्रदेशको तुलनामा यो प्रदेश थप जोखिमयुक्त र विशेष संवेदनशील छ तर विडम्बना संघीय सरकारले उपलब्ध गराएको एऋच् परिक्षण प्रविधिका अलवा हालसम्म प्रदेश सरकारले कोरोनाको संक्रमण परिक्षणका लागि आफ्नो तर्फबाट परिक्षणशालाहरु (च्त् ( एऋच् ीबदक) निर्माण गर्न त परै जाओस् , सामान्यतया यस क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सरसफाइ कर्मचारीहरूलाई अहिलेसम्म गुणस्तरिय सुरक्षा सामग्री उपलब्ध भएको छैन ।’

‘बाहिरबाट के कति मानिसहरू आए ? त्यसको सहि पहिचानको कुनै तथ्याङ्क छैन । यस्तो गैरजिम्मेवार एवं लाचार स्थितिको तुरन्त अन्त्य होस्, यस महाविपदको घडीमा प्रदेश सरकारलाई अग्रभागमा रहेर काम गर्न विशेष आग्रह गर्दछु ।’

अध्यक्ष साहले प्रदेश नेतृत्व प्रदेशवासीप्रतिको उत्तरदायित्व बिर्सेको भन्दै चर्को आलोचना गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *