३ मईसम्म भारतमा लकडाउन थपियो

Sharing is caring!

बैशाख २, २०७७। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा भारतमा ३ मई अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन थपिएको घोषणा गरेका हुन् ।

उनले सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् । मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

लकडाउन राम्रोसँग पालना गरिए अप्रिल २० पछि केही छुट दिइने मोदीले बताएका छन् । तर उनले यी छुट अत्यधिक शर्तसहित लागू गरिने बताएका छन् ।

यदि कुनै पनि इलाकामा कोरोनाको संक्रमण देखिन्छ भने ती अनुमती पुनः फिर्ता लिइने उनले बताएका छन् । पछिल्लो २६ दिनमा मोदीको यो चौथो राष्ट्रको नाममा सम्बोधन हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *