तिवारीको हत्यामा संलग्न कुशवाह जेल चलान

Sharing is caring!

वैशाख २८, २०७५ । हिन्दु युवा संघ नेपालका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न सियाराम प्रसाद कुशवाह जेल चलान भएका छन् ।

विसं २०६७ असारमा पर्साको वीरगन्जस्थित अशोक वाटिकामा तिवारीको हत्यामा संलग्न कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरी आज जेल चलान गरेको हो ।

बबिता तिवारीको जाहेरीमा कर्तव्य ज्यान मुद्धामा उच्च अदालत जनकपुरको फैसला अनुसार सर्वस्वसहित जन्मकैदको सजाय ठहर भएपछि फरार रहेका ३४ वर्षीय कुशवाहलाई ब्यूरोको टोलीले बिहीबार काठमाडौँको शान्तिनगरबाट पक्राउ गरेको हो ।

कुशवाहलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि आज कारागार कार्यालय डिल्लीबजार पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *