पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Sharing is caring!

साउन ३, २०७५ ।  पहिरोका कारण नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँ-ठाउँमा पहिरो खस्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *