रुकुममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ४ घाइते

Sharing is caring!

साउन २, २०७५ ।  रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा बुधवार दिउँसोे भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम रुकुमकोटबाट लुकुमगाड जाँदै गरेको लु १ ज २५७३ नं.को जिप सिस्ने–धौलापैरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार तीन महिला र चार पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका ३१ वर्षीय बुद्धिराज पुन, ३५ वर्षीय कुमार पुन, २२ वर्षीय किरण पुन, वडा नं. १२ का २८ वर्षीया तिर्सना तुलाचन, वडा नं. १४ का ३० वर्षीया छालना बर्मा, भूमे गाउँपालिका–४ का २८ वर्षीय अर्जुन विक र बाँके कोहलपुरका २२ वर्षीया ललिता परियार रहेका छन् ।

दुर्घटनामा परी रुकुम पश्चिम मुसिकोट नगरपालिका–१२ का ५२ वर्षीय जयवीर कामी, पुथा उत्तरगङ्गा गाउँपालिका–११ का २५ वर्षीया प्रमिला बुढामगर, मैकोटका २७ वर्षीय धनिराम पुन र २७ वर्षीया सम्झना पुनमगर घाइते रहेका छन् ।

घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । जिप सडकबाट करीब १०० मिटर तल खसेको छ । चिप्लो बाटो र इञ्जिनको खराबीका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *