डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने सरकारकाे तयारी

Sharing is caring!

साउन ३, २०७५ । वार्ता अबरुद्ध भएपछि १९ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई जुम्लाबाट सरकारले काठमाडौं ल्याउने तयारी गरेको छ। डा. केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारीमा सरकार लागे पनि कतिबेला ल्याइँदै छ भन्नेबारे केही बताइएको छैन । अनशनरत डा.केसीलाई सत्याग्रहीभन्दा ‘बिरामी’ का रुपमा बलजफ्ती काठमाडौं ल्याउन लागिएको भन्दै उनी पक्षधरले विरोध जनाएका छ ।

डा. केसीसँग वार्ता गर्न सरकारले गठन गरेको सचिवस्तरीय टोलीले सोमबार र मंगलबार भएका तीन चरणको कुराकानीमा विषय प्रवेश नै गर्न नसकेको भन्दै डा.केसी पक्षधर टोलीले बुधबार वार्तामा बस्न अस्वीकार गरेको थियो।

गोविन्द केसीका माग पूरा गर्न माग गर्दै नेपाल चिकित्सक संघले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *