पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्त

Sharing is caring!

भदौ ३, २०७५ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले यस अघि विदामा बसेपछि थापालाई नै सरकारले कामु प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *