शीर्ष नेता र सरकारसँग भेटघाट

Sharing is caring!

बैशाख १८, २०७६ । प्रदेशको नाम किरात राख्न सहजीकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व सभामुख शुवास नेम्वाङ, नेकपा युवा नेता योगेश भट्टराई लगायतलाई भेटेर ज्ञापन पत्र बुझाएको यायोक्खाको महासचिव जनक राईले बताए ।

प्रदेशको मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको नेता राजिव कोइराला लगायत ९३ जना नै सांसदलाई पटक पटक ज्ञापन तथा स्मरण पत्र बुझाउदै आएको छ । सरकार सञ्चालक, दलका नेताहरु, लेखक, विश्लेशक कसैले पनि किरान हुदैन नभनेको उपाध्यक्ष जीवन हाताचो राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *