सन्दर्भ : १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आन्दोलनको मुख्य उपलब्धि श्रम र सामाजिक सुरक्षा

Sharing is caring!

बैशाख १८, २०७६ । ‘सबै श्रमिक र रोजगारदातामा आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने राष्ट्रिय नाराका साथ बुधबार नेपालभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।

औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष धूमधामका साथ यो दिवस मनाए पनि श्रमिकका पक्षमा नेपालमा खासै काम हुन सकेका थिएनन् तर हालैका केही कदमले श्रमिकका लाग दूरगामी प्रभाव पार्ने काम भएका छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको माग गर्दै सुरू गरिएको मजदुर आन्दोलनको सम्झना स्वरूप विश्वभर यो दिवस मनाउने गरिन्छ । हरेक वर्ष मे महिनाको पहिलो दिन मनाउने भएकाले यसलाई ‘मे दिवस’ भनिएको हो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय ग¥यो र त्यसयता १८९० बाट विश्वभर श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा २००३ सालमा विराटनगर जुट मिलबाट श्रमिकको आन्दोलन सुरु भएको हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि ‘मे दिवस’ विशेष पर्वका रूपमा मनाउन थालियो । सरकारले बिदा पनि दिन थाल्यो । यो खबर  नारद गौतम/सीता शर्माले गोरखापत्रमा  लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *