सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन

Sharing is caring!

साउन १, २०७५ । सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । आज माइतीघर मण्डलामा कम्युनिष्ट सर्वसत्तावादविरुद्ध नेविसंघले विरोध प्रदर्शन गरेको छ ।

सरकारले अधिकारको पक्षमा लडेको भनेपनि नागरिकको अधिकार खोस्न खोजेको, अधिनायकवाद लादेको, डा गोविन्द केसीको माग पूरा गर्न चासो नदिएकोलगायतका आरोप लगाउँदै गरिएको विरोध प्रदर्शनको नेतृत्व संघका अध्यक्ष नैनसिंह महरले गरेका थिए ।

माइतीघर मण्डलामा भेला भएर नाराबाजीसहित करिव दुई हजारको संख्यामा जुलुस संघीय संसद भवन नयाँ वानेश्वरतर्फ अघि बढ्दै निषेधित क्षेत्र समेत तोड्ने प्रयास गर्दा प्रहरीले नेविसंघका कार्यकर्तामाथि लाठीचार्ज गरेको थियो । दुईपक्षीय झडपमा नेविसंघका केही कार्यकर्ता घाइते भएका छन् ।

नेविसंघले गरेको सो विरोध प्रदर्शनमा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु समेत स्वतःस्फूर्त रुपमा सहभागी थिए भने नयाँ शक्ति पार्टीले समेत ऐक्यबद्धता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *