लोकसेवा आयोगको विज्ञापन विरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक

Sharing is caring!

साउन १८, २०७६ । लोकसेवा आयोगको विज्ञापन विरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक भएका छन् ।

लोकसेवा आयोगले स्थानीय तहका लागि जारी गरेको विज्ञापनको विरुद्धमा आदिवासी -जनजाति, मधेसी, दलित, मुस्लिम, महिला तथा पिछडिएका समुदायले चरणवद्ध रुपमा साउन ३२ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

तराई मधेस राष्ट्रिय परिषद्को अगुवाइमा भईरहेको ‘आरक्षण बचाऔं आन्दोलन’ समितिले राज्य सरकार, लोकसेवा आयोग र अदालतको समेत विभेदकारी निर्णयको विरुद्ध तथा समानुपातिक समावेशी सिद्धान्त र राज्यका अंगहरूमा प्रतिनिधित्व सुनिश्चितताका लागि आन्दोलनको थप कार्यक्रमको घोषणा एक विज्ञप्तिमार्फत जनाएको छ ।

समितिले लोकसेवा आयोगको असंवैधानिक असमावेशी विज्ञापन स्थगित नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पत्रकारसँग भेटघाट गर्नुको साथै, अन्तरक्रिया कार्यक्रम, मुखमा कालोपाटी बाँध्ने, उल्टो हिँड्ने जुलुस, साँस्कृतिक प्रदर्शन, सिहदरवार, मुख्यमन्त्री कार्यालय तथा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मुख्यमन्त्रीको निवास घेराउ, लाठी जुलुससहित मार्च पाससहितको जनसभा वा जनप्रदर्श लगायतका कार्यक्रम घोषणा गरेका छन् ।

आन्दोलनका कार्यक्रमहरु:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *