चार गुणा बढी कर वृद्धि गरेको भन्दै निजी क्षेत्रद्वारा सरकारको चर्को आलोचना

Sharing is caring!

साउन १९, २०७६ । उद्योगी, व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले चालू आर्थिक बर्षबाट सरकारले कर एकै पटक चार गुणा बढी वृद्धि गरेको उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन्।

आइतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्थानीय तहमा समेत गरी दोहोरो करमा मारमा परेकाले सरकारको ध्यानाकर्षण गराए। उनले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता पनि जनाए।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग जोडदार माग गरे। उनले व्यवसायीहरुलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने पनि स्पष्ट पारे।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले सरकारले चालू आर्थिक बर्षबाट कर वृद्धि गरेर व्यवसायीहरु मारमा परेकाले तत्काल हटाउन माग गरे। उनले व्यवसायका लागि चर्को व्याजदरका कारण मुलुकमा उद्योग-धन्दा फष्टाउने नसकेकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण पनि गराए। उपाध्यक्ष प्रधानले करको दायरा बढाउने कार्यमा भने महासंघले सरकारलाई सक्दो सहयोग गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *