लुम्बिनी प्रदेशले आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने

Sharing is caring!


साउन ११, २०८० । लुम्बिनी प्रदेश सरकारले कर्निया (आँखाको नानी) प्रत्यारोपण नि:शुल्क गर्ने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले पहिलो पटक प्रदेशभर कर्नियाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०८०-८१ को बजेटमा स्रोत व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । नेपालमा आँखाको उपचार निशुल्क रुपमा गर्न कार्यक्रम लागू गर्नेमा लुम्बिनी प्रदेश पहिलो हो ।

विभिन्न कारण आँखाको ज्योति गुमाएका नागरिकको अन्धोपनको उपचार तथा शल्यक्रिया गरिन्छ । प्रदेशभरका कर्निया बिरामीको लागि मन्त्रालयले व्यक्तिगत उपचार खर्च उपलब्ध गराउने नभई अस्तपालबाटै निःशुल्क अप्रेसनसहितको सेवा दिने व्यवस्था मिलाउने गरि कार्यविधि निर्माण गर्न लागेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षदेखि सिकलसेल एनिमिया भएका बिरामीहरूको निःशुल्क वीमा गर्न पनि सुरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *