भारतीय फिल्म अवार्ड आईफा नेपालमा नहुने

Sharing is caring!

असार १८, २०७६ । भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने कार्यक्रम नेपालमा नहुने भएको छ । व्यापक बिरोध भएपछि सरकार पछि हटेको हो ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको मङ्गलबार बसेको बैठकले सरकारको सहयोगमा आयोजना गर्न लागेको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको हो ।

सरकारले यहि असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो ।

उक्त अवार्ड कार्यक्रम गर्नका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *