संसदको अवरोध हटाउन प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी

Sharing is caring!

भदौ ३, २०८० । संसदको अवरोध हटाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक जारी छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्षको भूमिकाबारे छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु सहभागी छन् ।

यसअघि सदन सुचारु गर्ने विषयमा सभामुखले बोलाएको प्रमुख सचेतक तथा सचेतकबीचको बैठक निष्कर्षविहीन भएको थियो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुबीचको छलफल नसकिएकाले अझै सुरु भएको छैन् ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *