बाँझो जमिनमा खेती नगरेसम्म देश धानमा आत्मानिर्भर बन्न सकिँदैन : कृषिमन्त्री भूसाल

Sharing is caring!

भदौ २, २०८० । कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भूसालले बाँझो रहेको जमिनमा खेती नगरेसम्म सम्म देश धानमा आत्मानिर्भर बन्न नसक्ने बताएका छन् । आज काठमाडौंमा आयोजि समाजवादी सहकारी संगठन नेपाल बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै, उनले देशमा बाँझो रहेको १० लाख ३० हजार हेक्टर जमिनमा खेती नगरेसम्म धानको आयात रोक्न नसकिने बताएका हुन् ।

उनले भने, १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । त्यो बाँझो रहेको जमिनमा जबसम्म खेती खर्न सकिँदैन तबसम्म धान आयात गर्ने काम रोके हुन्थ्यो भन्ने कामना त गर्न सक्छौ । तर रोकेर आमी बाच्न सक्दैनौ । आयात नै गरेर खानु पर्ने अवस्था छ ।
मन्त्री भूसालले सहकारीहरु सामुहिक खेतीको अभियानमा लाग्न सकेमा बाँझो खेतको उपयाग हुने बताए । सरकारले चैते धानको उत्पादनमा प्रोत्साहन गर्ने नीति ल्याएको भन्दै आउँने चैतमा चैते धानको रोपाई उत्पादनमा वृद्धि गर्नुपर्ने टिप्पणी गरे ।

मन्त्री भूसालले सामुहिक खेतीको अभियानमा लाग्ने सहकारीले त्यस्तो योजनामा लाग्यो भने समाधान हुन्छ । सिचाँईको संयन्त्र निर्माण गर्ने । सुख्खा क्षेत्रमा उत्पादन घट्ने खतरा देखिएको छ । आउँने चैतमा चैते धानको रोपाई वृद्धि गर्ने र चैते धानको उत्पादनमा वृद्धि गर्नुपर्छ । चैते धानको उत्पादनमा प्रोत्साहन गर्ने नीति सरकारले ल्याएको छ । यसमा सरकारको सहयोग पनि रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *