सरकार कला संस्कृतिको संरक्षणका लागि प्रतिवद्ध छ : प्रधानमन्त्री दाहाल

Sharing is caring!


भदौ २, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कला र संकृतिको संरक्षण र प्रर्वद्धनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । शनिवार ललितपुरमा आयोजित मेरो डान्स यूनिभर्स र मेरो भ्वाइस यूनिभर्सको ग्रान्ड फिनाले कार्यक्रमलाई सम्बोधन गर्दैै उनले आफूपनि कलाकार हुने ईच्छाद्धारा प्रेरित व्यक्ति भएको भन्दै कला र संकृतिलाई आफ्नो ठाउँबाट अगाडी बढाउँन सरकार प्रतिवद्ध रहेको बताए ।

उनले भने, म पनि आफ्नो जमानाको कलाकार हुने ईच्छाद्धरा प्रेरित मान्छे हुँ । मैले कला र संकृतिलाई आफ्नो ठाउँबाट पहिलो चोटी प्रधानमन्त्रीको हैसियतले यसलाई अगाडी बढाउँन सक्दो सहयोग गरे। आउँने दिनमा पनि गर्ने नै छु ।
उनले कला साहित्य र संस्कृति भावना र संवेदनासँग जोडिएकोले यसले आफ्नो पहिचानलाई विश्वव्यापिरुपमा स्थापित गर्ने टिप्पणी गरे । सो ग्राण्ड फिनालेले जहाँ भएपनि नेपाली भाव भाषा र संस्कृतिमा गर्व गर्छौ भन्ने सन्देश जाने उनको विश्वास छ ।

उनले भने, जसरी कला साहित्य र संस्कृति भावना र संवेदनासँग हुन्छ र त्यो धेरै शक्तिशाली हुन्छ । त्यसले मानीसहरुलाई जोड्छ एकतालाई सुदृढ गर्छ । आफ्नो पहिचानलाई विश्वव्यावी रुपमा स्थापित गर्छ । आज यो ग्राण्ड फिनाले जहाँ भएपनि नेपाली भाव भाषा र संस्कृतिमा गर्व गर्छो भन्ने सन्देश गएको छ । दर्शककको रुपमा धेरै नै रमाईलो लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *